Manoj Kumar Gyawali
बैंक तथा बित्तीय संस्थाहरुले हप्ता दिन भित्र प्रकाशित गरिरहेको निक्षेपको ब्याज दर अनी कल निक्षेप तानातानले गर्दा पोहोर साल पूँजी वृद्धिसँगै पूँजीलाई सोही अनुसारको नाफा दिनका लागि कर्जा वृद्धिका कारण माघपछि आएको समस्या अहिले झनै बल्झिएर जाने कुरातर्फ संकेत गर्दछ । समयमै संयमित हुनुपर्ने महसुस हुँदै गर्दा एकाबिहानै धेरै प्रश्नहरु दिमागमा घुमिरहे:
ब्याज बढायो भने युरोप, अमेरिकाबाट निक्षेप आउँछ ? यही प्रणाली अनि अर्को संस्थामा भएको तान्ने होइन ? अर्को संस्थाले पनि फेरी ब्याज बढाएर साहेबको कल डिपोजिट तानिदियो भने के गरिसिन्छ नि ?
१. पूँजी वृद्धि सबै संस्थाहरुलाई चार गुणा थियो, अनि सबैलाई व्यवसाय बृद्धिको चाप छ । यसैले पचास प्रतिशत, सत प्रतिशत या सो भन्दा बढी कर्जा बृद्धिको प्रक्षपेण गर्दै दौडिँदा निक्षेप वृद्धि २० प्रतिशतको हाराहारी पनि हुँदैन भन्ने हेक्का पक्कै थियो होला । सोही समस्या बितेको एक बर्ष नहँुदै पुनः त्यही गल्ती दोहोर्याउँदै अघि बढ्ने हो भने हामी बैंकरहरुलाई सेतो हात्ती झै पाल्नु किन पर्यो ? अब के फेरी राष्ट्रबैकलाई सीसीडीको फर्मुला परिवर्तन गरिदिनुुस् भन्ने ?
२. एक महिना पहिलासम्म सहकारीको लोन समेत ऋणिको व्यापारिक जरुरत भन्दा बढी रकम दिएर स्वाप गरेका बैंकहरु एक महिनापछि स्वीकृत लिमिटको खर्चसम्म गर्न नसक्ने अबस्था हुने गरी कस्तो योजना बनाएको ? प्रथम त्रैमासमै कर्जाको बृद्धि निक्षेपको भन्दा २० प्रतिशत बढी रह्यो, जुन मंसिर मसान्तपछि झन् बढ्यो ।
३. सबैलाई थाहा छ कि सरकार गठनमा समय लाग्छ, अनि बजेट खर्च त्यति छिटो हँुदैन, रेमिट्यान्सको बृद्दिदर घट्दो छ, असोज पछि सीसीडीको फर्मुला पहिले जस्तै हुन्छ, निक्षेप बृद्धिदर अचानक बढ्ने वाला छैन । अनि स्थानीय निकाय चुनाबपछिको अली सहज तरलतालाई आधार बनाएर जथाभावी कर्जा वृद्धि गर्दा समग्र उद्योगको वृद्धिदर र फण्ड मिसम्याचलाई हेर्नु पर्दैन ?
४.अब आफैंले निम्त्याएको समस्यालाई हल गर्न भटाभट निक्षेपमा हप्ता–हप्तामा ब्याजदर बढाउँदै निक्षेप तानातान प्रक्रिा फेरी शुरु गर्नु पूर्वः यो ब्याजदर बृद्धिले समस्या समाधान गर्दैन भन्नेसम्म हेक्का छैन साब ?? एउटाले एफडी १० प्रतिशतमा तान्छ, अर्कोले फेरि ११ प्रतिशत, अर्को १२ प्रतिशत गर्दै जाने अनि कर्जा लिएका ग्राहकलाई एसएमएस पठाउँदै आतंक सिर्जना गर्ने हो ? बैकर र बैकिङको विश्वसनीयता कायम कस्ले राख्ने ? कि सधैं फोहोर हामी गर्ने, अनि उठाइदिने जिम्मा राष्ट्रबैकलाई छाडिदिने ?
५.जसरी जथाभावी ढंगले फेरि ब्याजदर बृद्धि गर्दै निक्षेप ब्यबस्थापनमा होडबाजी शुरु गर्दैछौ, के सोच्छौ हामी कि ब्याज बढायो भने युरोप, अमेरिकाबाट निक्षेप आउँछ ? यही प्रणाली अनि अर्को संस्थामा भएको तान्ने होइन ? अर्को संस्थाले पनि फेरी ब्याज बढाएर साहेबको कल डिपोजिट तानिदियो भने के गरिसिन्छ नि ?
६.शाखा बढाउने, ब्यबसाय बढाउने भनेको छ, अर्को संस्थामा प्रोमोसन भएको ३ महिना पुगेको छैन, एक दुई तह थपेर कर्मचारी लिएको छ । संस्थामा भएका कर्मचारी एकातिर निरुत्साहित त, अर्कोतिर अनुुभव र कम क्षमता भएका कर्मचारीलाई माथिल्लो जिम्मेवारी दिंदै गर्दा संचालन जोखिमको आँकलन कति गर्छौ हामी ? कस्तो व्यवसायिकता विकास गर्दैछौ हामी ?
७.एक महिना पहिलासम्म कर्जा बढाउने लक्ष्य दिएर कर्मचारीलाई रातदिन दौडाउने अब एक महिना पुगेको छैन, ल्याएको ग्राहकलाई समेत सेवा दिन नसकी कर्जा रोकौ रोकौ, अब निक्षेप मात्र खोज भन्दै गर्दा भर्खरै बैकिड़ शुरु गरेका भाई बहिनीले यसलाई रणनीति बुुझ्ने कि ? स्टे«स टेस्टिङको रुपमा बुुझ्ने ? कि बैंकरहरुको योजना क्षमताको तारिफ गर्ने ?
के गर्नुपर्छ ?
१.निक्षेप ब्याजदर बृद्धिमा संयमित हुनुपर्यो । ब्याजदर बढाएर होईन कि ग्राहक सम्बन्ध र कर्मचारी परिचालनले निक्षेपलाई चाहिएको आकारमा राखेर बस्नुपर्यो ।
२.पुस मसान्तमा आय करको पहिलो किस्तामा लगभग रु.८० अरब सरकारी खातामा जान्छ र तत्कालै निस्किदैन, त्यसको समेत हेक्का अहिलेदेखि राख्दै आफ्नो बैंकको मात्र होईन, समग्र उद्योगको समेत अवस्था हेरी निक्षेप योजना बनाउनुपर्यो ।
३. सीसीडी पुस मसान्तमा मात्रै कायम राख्नुपर्ने होईन। दैनिक रुपमा अनुुगमन गर्दै यसलाई सहज अवस्थामा राख्नुपर्यो ।
४. अर्को बित्तीय संस्थाको निक्षेपलाई ब्याजदर बढी दिंदै तान्नुको साटो आफ्नो निकट भबिष्यमा परिपक्व हुन लागेको निक्षेपको सुची बनाई नवीकरणलाई ढुक्क हुनुुपर्यो ।
५. बिस्तारित शाखाहरु मार्फत खुद्रा निक्षेप बढाउनेतर्फ लाग्नुपर्यो ।
६. जथाभावी(अनापसनाप) ब्यबसाय बृद्धिको कारण कर्जाको गुणस्तर घटेको छ, अनि जसका कारण प्रथम त्रैमासमा धैरै बित्तीय संस्थाको पहिलो पटक नाफामा ऋणात्मक बृद्धि भएको छ । ब्याज अनिश्चितता तथा खर्च बढेको छ । उक्त सबै कर्जाहरुलाई नियमित गर्न लाग्नुपर्यो ।
७.सरकार छिटो गठन होला, आर्थिक समृद्धिका एजेण्डाहरुले प्राथमिकता पाउलान्, सरकारले विकास खर्च बढाउला अनि हामी आर्थिक बृद्धिसंगै ब्यबसाय बृद्धि गरौला भन्ने सकारात्मक सोचसहित प्रबुद्ध बैकिङ गरेर बस्नुपर्यो । तर, छिटै चमात्कार होला भन्ने सोचेर सकसपूर्ण र उकुसमुकुस भएर बस्न भएन । शुरुवाती लक्षणहरु राम्रो देखिएका छैनन् ।
अनिकालको बेला पेटभरि चौरासी व्यञ्जनको लक्ष्य लिएर जाने होईन, मिलीजुली सबैको भोक मात्र मर्ने व्यबस्थापनको सोच राख्नुुपर्यो । टेजरी बिलको दर नै ५ ६ प्रतिशतभन्दा बढी रहेको छ । हेक्का रहोस् ,यहाँहरुले निक्षेपको ब्याजदर बढाउँदा बैकिङ क्षेत्रको कुल निक्षेप रु.२२०० अर्बबाट बढेर रु. ३००० अर्ब हुनेवाला छैन । यसर्थ यो निक्षेप तानातान प्रतियोगिता शुरु गरेर बैकिङ क्षेत्र अनि कर्जाका ग्राहकहरुलाई आतंक सिर्जना गर्दै राष्ट्रबैंकको समेत टाउको दुखाई बनाउनुपूर्व बैकिङ पेशाको मर्यादा कायम राख्न भए पनि जिम्मेवार हुनुहोस् ।
जय होस, शुुभ होस् ।
(ज्योति विकास बैंकका डेपुटी सीइओ ज्ञवालीको फेसबुक पोस्टबाट)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago