काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ। जुन अघिल्लो दिन मंसिर १ गतेसम्मको तुलनामा १ अर्ब रुपैयाँले मात्रै कम हो। मंसिर १ गते भने एकैदिन ८ अर्ब रुपैयाँले घटेको थियो।
मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप भने ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ। मंसिर १ गते पनि वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ रुपैयाँ नै थियो। तर मंसिर १ गते एकैदिन वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि सुधार देखिएको छ।
मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ४० अर्ब रुपैयाँ रहेको छ। जुन अघिल्लो दिन मंसिर १ गतेको तुलनामा २ अर्ब रुपैयाँले बढी हो। मंसिर १ गते पनि वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँ बढेको थियो।
मंसिर २ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो।
निक्षेपमा सुधार आए पनि सीडी रेसियो फेरि ९० प्रतिशतभन्दा माथि पुगेको छ। मंसिर १ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.०८ प्रतिशत रहेकोमा मंसिर २ गते बढेर ९०.१५ पुगेको छ।
अन्तरबैंक ब्याजदर भने ४.९६ प्रतिशत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19