काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २ दिनमा २ अर्ब रुपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ। जुन मंसिर ४ गतेको तुलनामा २ अर्ब रुपैयाँले कम हो। गत मंसिर ४ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी मंसिर ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप पनि घटेर ४२ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २९ अर्ब रुपैयाँ थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा बढेर लगानी ४० खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो। कर्जा लगानी भने ४ अर्ब रुपैयाँले बढेको देखिन्छ।
मंसिर ६ गतेसम्म भने बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४५ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। जुन गत मंसिर ४ गतेसम्म ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ।
निक्षेप घटेसँगै सीडी रेसियो पनि बढेको छ। गत मंसिर ४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.१८ प्रतिशत रहेकोमा बढेर ९०.३१ प्रतिशत पुगको छ।
अन्तरबैंक ब्याजदर भने ४.९६ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago