काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार देखिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर २२ गते एकैदिन १२ अर्ब रुपैयाँले घटेको बैंक तथा वित्तीय संस्थाहरु निक्षेप मंसिर २३ गते ३ अर्ब रुपैयाँ बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। मंसिर २२ गतेसम्म कुल निक्षेप ४७ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो। 

मंसिर २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने ४ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ९१ अर्ब रुपैयाँमा पुगेको छ। गत मंसिर २२ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुको निक्षेप मंसिर २३ गते २ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २२ गतेसम्म कुल निक्षेप ४२ खर्ब २१ अर्ब रुपैयाँमा रहेको थियो। 

वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २२ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा बढेर मंसिर २३ गतेसम्म ४० खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुसार मंसिर २३ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो बढेर ९१.२४ प्रतिशत पुगेको छ। गत मंसिर २२ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९१.१५ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजदर ४.९६ प्रतिशत रहेको छ।