काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरु निक्षेप पुस ७ गते एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ। गत पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी पुस ७ गते वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले घटेको छ। गत पुस ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा मंसिर ७ गते घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ। गत पुस ६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा पुस ७ गते घटेर ४६ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ।
वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४० खर्ब ८८ अर्ब रुपैयाँबाट घटेर ४० खर्ब ८७ अर्ब रुपैयाँमा झरेको छ।
पुस ७ गते भने बैंकहरुको औसत सीडी रेसियो बढेर ९१.२१ प्रतिशत पुगेको छ। गत पुस ६ गतेसम्म सीडी रेसियो ९१.१४ प्रतिशत रहेको थियो।
अन्तरबैंक ब्याजदर घटेर ४.९७ प्रतिशतमा झरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19