काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत पुस ९ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। गत पुस ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गते बढेर ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ।
पुस ९ मा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ६ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरुको पुस ९ मा कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ। गत पुस ८ गतेसम्म पनि कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ नै रहेको थियो।
यसैगरी पुस ९ गतेसम्म वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। गत पुस ८ गतेसम्म पनि कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो।
पुस ९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९१.४२ प्रतिशत रहेको छ। औसत सीडी रेसियो पुस ८ गते पनि ९१.४२ प्रतिशत नै थियो।
अन्तरबैंक ब्याजदर पनि बढेर ४.९८ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago