काठमाण्डौ । बैंकहरुमा निक्षेप बढ्दै जाँदा औसत सीडी रेसियोमा सुधार हुँदै गएको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत झरेको छ। गत पुस १९ गते औसत सीडी रेसियो ९०.४५ प्रतिशत रहेकोमा पुस २० गते घटेर ८९.८२ प्रतिशतमा झरेको हो। 

त्यसो त यो एकदिनमै बैंक तथा वित्तीय संस्थाको निक्षेप ३० अर्ब रुपैयाँले बढेको छ। गत पुस २० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्ब रुपैयाँले बढेको हो। गत पुस १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा पुस २० गते बढेर ४८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।

पुस २० मा वाणिज्य बैंकहरुको निक्षेप पनि ३० अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत पुस १९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २० गते ४६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

यो दिन वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ। गत पुस गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब रुपैयाँ रहेकोमा पुस २० गतेसम्म बढेर ४१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

अन्तरबैंक ब्याजदर भने ४.९८ प्रतिशत रहेको छ।