काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा लागू हुने कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ।
बैंकहरुले निक्षेपको ब्याजदर गत फागुनयता स्थिर राखे पनि कर्जाको ब्याजदर भने निकै उकालो लागेको छ। यसअघि निक्षेपमा बढाएको ब्याजदरले लागत बढ्दा बैंकहरु कर्जाको ब्याजदर बढाउन बाध्य भएका हुन्।
अधिकांश वाणिज्य बैंकको आधार दर बढेर दोहोरो अंक नजिक पुगेको छ। जसका कारण अधिकांश बैंकको कर्जाको ब्याजदर १५ प्रतिशत माथि पुगेको देखिन्छ। केही वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १६ प्रतिशतभन्दा माथि पुगेको छ। वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर भने साढे ११ प्रतिशतको हाराहारीमा रहेको छ।
असारमा लागू हुने गरी लक्ष्मी बैंकले अधिकांश कर्जाको प्रिमियम दर अधिकतममा ५ देखि ६ प्रतिशत कायम गरेको छ। यो बैंकको आधार दर ९.८५ प्रतिशत रहेको छ। यो हिसाबले पनि कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा माथि नै पुगेको छ।
नबिल बैंकले कर्जाको अधिकतम प्रिमियम ७ प्रतिशतसम्म पुर्याएको छ। यो बैंकको आधार दर ८.२३ प्रतिशत रहेको छ। नबिल बैंकको कर्जाको ब्याजदर पनि अधिकतममा १५ प्रतिशतभन्दा बढी नै पुगेको छ।
सनराइज बैंकको आधार दर ९.६१ प्रतिशत रहेको छ। यो बैंकले कर्जाको अधिकतम प्रिमियम ७ प्रतिशतसम्म पुर्याएको छ। यो हिसाबले यो बैंकको कर्जाको ब्याजदर झन्डै १७ प्रतिशतसम्म पुगेको छ।
माछापुच्छ्रे बैंकले पनि अधिकांश कर्जाकार अधिकतम प्रिमियम ७.५ प्रतिशतसम्म कायम गरेको छ। यो बैंकको आधार दर पनि ९ प्रतिशतभन्दा बढी नै रहेको छ।
आधार दर ९.२८ प्रतिशत रहेको एनसीसी बैंकले पनि कर्जाको अधिकतम प्रिमियम ७ प्रतिशतसम्म पुर्याएको छ।
एनएमबि बैंकको प्रायः सबै कर्जाको अधिकतम प्रिमियम ६ प्रतिशतसम्म कायम गरेको छ। यो बैंकको आधार दर पनि ९ प्रतिशत बढी नै रहेको छ। 
यसैगरी नेपाल बंगलादेश बैंकले कर्जाको अधिकतम प्रिमियम ५ प्रतिशत र प्रभु बैंक तथा सिभिल बैंकले कर्जाको अधिकतम प्रिमियम ७ प्रतिशतसम्म कायम गरेका छन्। 
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19