काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि १८ अर्ब रुपैयाँ बढी ब्याज अनुदान प्रदान गरेको छ। 

चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा १८ अर्ब ८५ करोड ९७ लाख ८९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले असार मसान्तसम्ममा भने १६ अर्ब ९६ करोड ८५ लाख ८ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान प्रदान गरेको थियो।

यस्तै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीले र लघुवित्त वित्तीय संस्थाहरुबाट साउन मसान्तसम्ममा विभिन्न १० शीर्षकमा २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। यस अवधिमा झन्डै २ खर्ब १३ अर्ब ६६ करोड ४३ लाख ५७ हजार रुपैयाँबराबरको कर्जा भुक्तानी हुन बाँकी रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक कृषि तथा पशुपन्छीअन्तर्गत बिनाधितो र धितोसहितको कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवावर्ग स्वरोजगार कर्जाअन्तर्गत सहुुलियतपूूर्ण ऋण दिँदै आएका हुन्।

यी १० शीर्षकमा वाणिज्य बैंकबाट कुल २ खर्ब २५ अर्ब २ करोड २ लाख ४९ हजार रुपैयाँबरारबरको सहुुलियतपूूर्ण कर्जा स्वीकृत भएकोमा १ खर्ब ६ अर्ब १६ करोड २१ लाख २९  हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। बैंकहरुबाट कुल १२ करोड ५४ लाख २३ हजारले उक्त कर्जा लिएका हुन्। 

यस्तै विकास बैंकले २९ अर्ब ३९ करोड ५४ लाख २४ हजार रुपैयाँबराबरको कर्जा स्वीकृत गरेका छन् भने २४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँबराबरको कर्जा स्वीकृत हुन बाँकी छ। विकास बैंकमा सहुुलियतपूर्ण कर्जा लिनेको संख्या १ करोड ९५ लाख ९९ हजार रहेको छ। 

साउन मसान्तसम्ममा फाइनान्स कम्पनीहरुले १८ लाख ९८ हजार ऋणीको ३ अर्ब २५ करोड ५७ लाख ६६ हजार रुपैयाँबराबरको कर्जा स्वीकृत गरेका छन् भने २ अर्ब ९० करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको कर्जा स्वीकृत हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। 

लघुुवित्त वित्तीय संस्थाहरुले भने १० करोड २१ लाख ९० लाख रुपैयाँबराबरको कर्जा स्वीकृत गरेका छन्। ७ करोड ८६ लाख ९५ लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत हुन बाँकी रहेको छ। लघुुवित्तबाट कुल १ लाख ३ हजारजनाले उक्त कर्जा लिएका हुन्। 

व्यावसायिक कृषि तथा पशुपन्छीमा सबैभन्दा बढी कर्जा स्वीकृत

चालुु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक कृषि तथा पशुपन्छीअन्तर्गत १ खर्ब ६३ अर्ब ४५ करोड ९९ लाख ४१ हजार बरारबरको कर्जा स्वीकृत गरेका छन्। राष्ट्र बैंकले त्यसमा १ खर्ब ३९ अर्ब ४८ करोड ३६ लाख ४ हजार रुपैयाँबरारबरको कर्जा स्वीकृत हुन बाँकी रहेको जनाएको छ। यसमा कुुल ऋणीको संख्या ५ करोड ९८ लाख ७९ हजार रहेको छ। 

सीटीईभीटीबाट मान्यताप्राप्त संस्थाहरुले दिने तालिममा सबैभन्दा कम कर्जा स्वीकृत 

यसअन्तर्गतको सहुुलियतपूर्ण कर्जामा सबैभन्दा कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ। यसमा साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ४ लाख रुपैयाँमात्रै कर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको हो। जसमा २ लाख ५८ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ भने ऋणीको संख्या जम्मा २ हजारमात्रै रहेको छ।