काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा पौने ४ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।
राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ८४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।
केन्द्रीय बैंकले उक्त रकममध्ये ३ अर्ब ७ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र १९ करोड २० लाख रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।
उक्त रकम आउँदो २०८० वैशाख ५ गतेदेखि २०८१ वैशाख १० गतेसम्म ३७१ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले चैत २६ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago