काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। 

राष्ट्र बैंकले मुद्दति निक्षेपका रुपमा २ अर्ब १४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार केन्द्रीय बैंकले वाणिज्य बैंकमा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३० करोड २ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ लगानी गर्न लागेको हो। 

राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम ३६५ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ। जसअनुसार यो रकम आउँदो जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म मुद्दति निक्षेपमा लगानी गरिनेछ। 

बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम खुलाएर ब्याजदर प्रस्ताव गरी राष्ट्र बैंकमा वैशाख १७ गते राति १२ बजेसम्म पेस गर्न आह्वान गरिएको छ।