काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र फाइनान्समा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि भदौ २२ गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई–मेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ।
यस्तो लगानी आउँदो असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago