काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण २१ दिनभित्र प्रकाशन गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको २१ दिनभित्र चौथो त्रैमासको अन्तरिम वित्तीय वित्तीय प्रतितवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशिन गर्नुपर्नेछ। योसँगै अब साउन २१ गतेभित्र सबै बैंक तथा वित्तीय चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएको छ।
यसअघि राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न साउन मसान्तसम्मको समयावधि दिएको थियो।
वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइटमा राख्नुपर्ने र सोको व्यहोरा राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसरी प्रकाशित वित्तीय विवरणको एक प्रति राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ।
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण एनआईसी एसिया बैंकले सार्वजनिक गरिसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago