काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले तलबी खातामा अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा प्रवाह गर्न पाउने सीमा तोकिएको छ।
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा यस्तो सीमा तोकिएको छ। नयाँ व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले तलबी खाता रहेका वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन पाउनेछन्।
यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्मको हुनेछ। यसका साथै कर्जा प्रदान गर्दा र फिर्ता भुक्तान गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो मोबाइल एपका माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन्।
कर्जासम्बन्धी कागजातहरु विद्युतीय माध्यमबाट सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19