काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको बिनाअनुमति वित्तीय सेवा उपलब्ध गराई शुल्क लिए १० प्रतिशत थपेर दिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि जारी सूचनामा यस्तो व्यवस्था रहेको जानकारी दिएको हो। बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको बिनाअनुमति उपलब्ध गराइएको वित्तीय सेवाबापत शुल्क लिएमा त्यसमा १० प्रतिशत थपेर ग्राहकको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
ग्राहकको अनुमति बिना एकतर्फी रुपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सोबापत शुल्क लिन नपाइने व्यवस्था रहेको सूचनामा उल्लेख छ।
सेवाग्राहीले आफूले माग नगरेको सुविधावापत बैंक तथा वित्तीय संस्थाहरुले शुल्क लिएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारीसमक्ष गुनासो दर्ता गर्न पनि सूचनामा आग्रह गरिएको छ।
त्यसरी दर्ता गरिएको गुनासोमा सुनुवाइ नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउनसमेत सूचनामा आग्रह गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19