काठमाण्डौ। अब बैंक तथा वित्तीय संस्थाले कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह तथा नवीकरण गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ तथा सोपश्चात २०७९ माघ मसान्तसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार गरिएको ‘एकीकृत निर्देशन, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
संशोधित एकीकृत निर्देशन, २०७९ मा अब बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोतजस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषणपश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरीमात्र कर्जा प्रवाह तथा नवीकरण गर्नुपर्नेछ। राष्ट्र बैंकले यो असल कर्जासम्बन्धी थप व्यवस्था गरेको हो।
यसैगरी राष्ट्र बैंकले खराब कर्जासम्बन्धी थप व्यवस्था पनि गरेको छ।
भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जा तथा सापटलाई देहायको कुनै पनि अवस्थामा खराब कर्जामा वर्गीकरण गर्नुपर्नेछ र सोका लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणाली एवं पूर्वाधारको विकास गर्नुपर्नेछ–
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19