काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानीलाई प्रोत्साहन गर्न कर्जा र ब्याजदरमा सहज नीति लिएको छ।
राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनुपर्ने केन्द्रीय बैंकको धारणा छ।
विकासका पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० शय्यासम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा बढीमा २ प्रतिशतसम्म प्रिमियम थप गरी २० करोड रुपैयाँ कर्जा प्रवाह गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
विकासका पूर्वाधारको उचित प्रवर्द्धनले मात्रै समग्र देशको विकास सुनिश्चित हुने राष्ट्र बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago