काठमाण्डौ । बैंकिङ कसुर अभियोगमा नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्वप्रबन्धक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको हो । नेपाल बैंकका मानवस्रोत ब्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको उजुरीमा कोइराला गत पुस ११ गते पक्राउ पक्राउ परेका हुन् ।
शाखा प्रबन्धक रहँदा कोइरालाले बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको काफ्लेको उजुरीमा उल्लेख छ ।
कोइरालालाई उच्च अदालत पाटनबाट दिन सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच सिटिजन्स बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा शनिबार राति काठमाण्डौको थानकोटबाट दुईजना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित सिटिजन्स बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुईजनालाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चन्द्रागिरी–५ दाउराडिपो बस्ने मुगुको सोरू गाउँपालिकाका २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन्।
शाही र धरालले एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्न एटिएम रहेको सटरको ताल्चा र मेसिन समेत फुटाएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूका साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु बरामद गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19