काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जाँदा सीडी रेसियोमा सुधार हुँदै गएको छ।
केही दिनयतादेखि बैंकहरुको औसत सीडीमा सुधार दिन थालेको हो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस २० गते ८९.८२ प्रतिशत रहेको सीडी रेसियो पुस २१ गते ८९.६४ प्रतिशतमा झरेको छ।
पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउनु, आयातमा कडाइ गरिनुलगायतका कारण बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको जानकारहरु बताउँछन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार विगत २ दिनमै बैंकिङ प्रणाली ३९ अर्ब रुपैयाँ थपिएको छ। गत पुस २० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्ब रुपैयाँले र पुस २१ गते ९ अर्बले बढेको छ। योसँगै कुल निक्षेप पुस २१ गतेसम्म बढेर ४८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ।
पुस २० र २१ गते दुईमै वाणिज्य बैंकहरुको निक्षेप पनि ३९ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।
यो २ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत पुस १९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २१ गते ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ।
यो २ दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। गत पुस १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब रुपैयाँ रहेकोमा पुस २१ गतेसम्म बढेर ४१ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ।
अन्तरबैंक ब्याजदर भने ४.८५ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago