काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्ला ३ दिनमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो।
यसैगरी यो ३ दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेको छ। गत माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा माघ १६ गतेसम्म बढेर ४३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्र बढेको छ। गत माघ ३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा बढेर ४६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर माघ १६ गते कुल कर्जा लगानी ४१ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।
बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेपछि औसत सीडी रेसियोमा पनि सुधार हुँदै गएको छ। गत माघ १३ गतेसम्म औसत सीडी रेसियो ९०.४८ प्रतिशत रहेकोमा माघ १६ गतेसम्म घटेर ९०.३३ प्रतिशतमा झरेको छ।
माघ १६ गतेसम्म अन्तरबैंक ब्याजदर भने ४.९५ प्रतिशत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19