काठमाण्डौ । वित्तीय प्रणालीमा बुुधबारसम्म ४ अर्ब ६३ करोड रुपैयाँमात्र अधिक तरलता रहेको छ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बुुधबारसम्म वित्तीय प्रणालीमा ४ अर्ब ६३ करोड रुपैयाँ अधिक तरलता रहेका बताएका हुन्। बुुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन मंगलबारसम्म पनि कुल निक्षेप ५० खर्ब ३१ अर्ब रुपैयाँ नै थियो।
वाणिज्य बैंकहरुको कुल निक्षेप बुधबारसम्म ४४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ।
हिजो बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन मंगलबारसम्म कुल कर्जा लगानी ४७ खर्ब ९ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म बढेर ४७ खर्ब १० अर्ब रुपैयाँमा पुुगेको हो।
यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँमा पुुगेको छ। गत मंगलबारसम्म कुल कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रुपैयाँ थियो।
गत मंगलबारसम्म बैंकहरुको औसत सीडी रेसियो ८८.३२ प्रतिशत रहेकोमा बुधबारसम्म बढेर ८८.३५ प्रतिशत पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19