काठमाण्डौ । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड २१ लाख ४४ हजार ७००.०६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने ९६ करोड ५८ लाख १७ हजार ६४२.९० रुपैयाँबराबरको बोनस सेयर र ४ प्रतिशतले हुन आउने ३८ करोड ६३ लाख २७ हजार ५७.१६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19