काठमाण्डौ । लाभांश अनुमोदन गर्दै बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सम्पन्न सभाले आर्थिक २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्तापुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको हो। सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्र्डसबमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ।
सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। साधारण सभाले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ।
बैंकले हाल ९१ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19