काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १५ कोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि मंसिर २१ गते दिउँसो ४ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ।
यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago