काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज फागुन १ गते सार्वजनिक बिदा दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ। 

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आज सार्वजनिक बिदा दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो। सरकारले आज जनयुद्ध दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

राष्ट्र बैंकले भने आज सार्वजनिक बिदा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ। 

केन्द्रीय बैंकले यी बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।