काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले आफ्नो ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचना अनुसार उसले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, विकास बैंकहरुमा ६ करोड रुपैयाँ र वित्त कम्पनीहरुमा २ करोड रुपैयाँ गरी कुल ४० करोड रुपैयाँ राख्न लागेको बताएको छ । 
उक्त निक्षेप २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिने अवधिको लागि राख्न लागेको सूचनामा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप लिनका लागि आगामी ६ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गर्नुपर्ने छ।

साथै केन्द्रीय बैंकले निक्षेप लिनका लागि विभिन्न शर्तहरु पनि राखेको छ ।