काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले सूचना प्रकाशित गरी उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुमा लगानी गर्न लागिएको जानकारी गराएको हो। राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ७६ करोड रुपैयाँ, विकास बैंकहरुमा ५१ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो।
यस्तो लगानी २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म १ वर्षका लागि हुने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्त कम्पनीहरुले आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर तोकी यही चैत १३ गतेसम्म बैंकको वित्त व्यवस्था विभागमा शिलबन्दी प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
नेपाल राष्ट्र बैंकको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19