काठमाण्डौ । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट अन्तर्राष्ट्रिय अवार्ड पाएकी छिन् ।

एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । समारोहमा विभिन्न देशका महिला उद्यमी तथा पेशा व्यवसायमा सक्रिय व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।   

अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताइन । ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ ।’ अवार्ड ग्रहण गरेपछि श्रेष्ठले भनिन् ।

मेगा बैंकले जारी गरेको विज्ञप्ति अनुसार यसअघि पनि उनले सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’, मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ पाएकी थिइन । 

यसैगरी, अमेरिकाको किङ्ग्स विश्विद्यालयले उनलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो । उनँले स्वदेशमा पनि बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाएकी छिन् । 

अवार्ड विजेता श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धक हुन् । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन्  ।