काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले बैतडीमा समेत शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोडस्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशवबहादुर चन्दले साउन १२ गते समुद्घाटन गरेका बैंकले जनाएको छ । 

सो कार्यक्रममा बैतडी  जिल्लाका पुर्व उप–सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधी, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेख्य सहभागिता थियो ।