काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधी होल्डिङ्ग प्राइभेट लिमिटेडबीच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रा.लि.का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरे ।

समझदारीअनुसार बैंकले बोधि होल्डिङ्ग प्रा.लि.ले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजनामार्फत घर\जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ्ग प्रा.लि.ले निर्माण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहनेछ ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।