काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले ८० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । 

१० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद निश्कासनका लागि बैंकले पुस ४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई दिने भनेको ३२ प्रतिशत बोनस सेयर कात्तिकमा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भइसकेको छ । 

बोनस सेयर वितरणपछि कायम हुन आउने पूँजीको ८० प्रतिशत हकप्रदको माग गर्दै यो बैंक धितोपत्र बोर्ड पुुगेको हो । हकप्रदको निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

धितोपत्र बोर्डका अनुसार एनबी बैंकले ३ करोड २० लाख ९४ हजार ६९ कित्ता हकप्रद निश्कासनको माग गरेको हो । १ सय रुपैयाँ अंकित मूल्यको हिसाबले यो कुल ३ अर्ब २० करोड ९४ लाख ६ हजार ९ सय बराबरको हकप्रद जारी गर्ने भएको हो । 

यो बैंकको हालको चुक्तापुँजी ३ अर्ब ३ करोड रहेको छ । ३२ प्रतिशत बोनसको सम्पूर्ण व्यवस्थापनपछि चुुक्तापूँजी ४ अर्ब ४ करोडको हाराहारीमा पुुग्नेछ । त्यसपछि ८० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको कुल चुक्तापूँजी ७ अर्ब २७ करोडको हाराहारीमा पुुग्नेछ ।