काठमाण्डौ । ब्रिटिस एअरवेजका पाइलटहरु तलब सेवासुविधाको माग गर्दै आन्दोलनमा जाने निर्णय गरेपछि ग्रिष्मकालीन बिदा मनाउन आउने–जाने यात्रुलाई कठिन हुने भएको छ ।
ब्रिटिस एअरलाइन पाइलटस् एसोसिएसनमा आबद्ध ९३ प्रतिशत पाइटलहरुले आन्दोलनमा जाने निर्णय लिएकाछन् । आन्दोलनमा जाने वा नजाने भन्ने निर्णय लिन सोमबार भएको मतदानमा करिब ९० प्रतिशत मत खसेको थियो । जसमा ९३ प्रतिशत मत आन्दोलनको पक्षमा खसेको थियो ।
एसोसिएसनद्वारा जारी विज्ञप्तिमा आन्दोलनमा जाने निर्णय भए पनि कहिले र कस्तो खालको आन्दोलन गर्ने भने निर्धारण भइनसकेको उल्लेख छ । विज्ञप्तिमा पाइलटहरुको आन्दोलनको निर्णयविरुद्ध एअरलाइन्स कम्पनी ब्रिटेन हाई कोर्टमा जान सक्ने पनि बताइएको छ।
यो आन्दोलन सन् १९७० पछिको ब्रिटिस एअरवेजका पाइटहरुको पहिलो आन्दोलन हुनेछ । पाइटहरुको विरोधमा उत्रिएपछि ब्रिटिस एअरवेजले एक सातादेखि काइरोका लागि उडान बन्द गरेको छ भने लुफ्थान्साका लागि एक दिन उडान बन्द भएको छ ।
विगत एक वर्षदेखि तलब सुविधामा अद्यावधि गर्न माग गर्दै आएका पाइलटहरुले एअरलाइन्स व्यवस्थापन पक्षले सुनुवाइ नगरेपछि दुवै पक्षबीच द्वन्द्व चर्किएको हो । ‘कर्मचारीको कडा मेहेनत र लगावका कारण ब्रिटिस एअरलाइन्सले निकै नाफा कमाइरहेको छ’, एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एअरलाइन्सको क्षेत्रमा अब ब्रिटिस एअरलाइन्सलाई टिक्नका लागि कुनै संघर्ष गर्नुपर्दैन, त्यसैले राम्रो आम्दानी गरिरहेको एअरलाइन्सले आफ्ना प्रमुख व्यवस्थापक, निर्देशक र पाइटहरुलाई नाफाको सानो हिस्सा सेयरका रुपमा दिनुपर्छ ।’
उता ब्रिटिस एअरवेजले पनि विज्ञप्ति निकाल्दै पाइलटस् एसोसिएसनले आन्दोलनमा जाने निर्णय गर्नुलाई निकै निराश पारेको जनाएको छ । ‘पाइलटहरुको यो निर्णयले ग्रिष्मकालीन यो मौसममा बिदा मनाउन आउने र जाने यात्रुलाई निकै असुविधा पार्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि आन्दोलनको समय र स्वरुप नतोकिएकोले अहिले नै नियमित उडानमा कुनै फेरबदल गर्ने छैनौँ।’
एअरलाइन्सले एसोसिएसनसँग वार्ता गर्न तयार रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले उहाँहरुलाई तलबमा ११.५ प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरेका छौँ, के यो गलत हो । एअरलाइन्सकै अरु दुई कर्मचारी संगठनमा आबद्ध ९० प्रतिशत कर्मचारीले हाम्रो यो प्रस्तावलाई स्वीकारिसकेको अवस्था छ।’
पाइटल एसोसिएसनका महासचिव ब्रेन स्ट्रुटनले आम्दोलनको पक्षमा देखिएको बहुमतलाई एअरलाइन्सले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले एअरलाइन्सले सेवासुविधामा उत्कृष्ट प्रस्तावसहित आन्दोलन रोक्ने प्रयास गर्नुपर्ने सुझाव दिए । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago