काठमाण्डौ । ललितपुर जिल्ला ललिपतुर महानगरपालिका वडा नं. १४, मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक लिमीटेडका बीच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।
गोर्खा सत्याग्रह समिति, नेपालका तर्पmबाट अध्यक्ष कृष्णबहादुर राई र प्रभु बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंक लिमिटेडको कमलादी शाखा कार्यालयमा आप्mनो नाममा खाता खोली कारोबार गर्नेछ । गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंक लिमिटेडको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाइने बताइएको छ ।
प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथा भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालका लागि वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
युपिआई कार्डको सेवा शुल्क (पहिलो वर्षको लागि मात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्ग दर्ता गर्दा लाग्ने सेवा शुल्क निःशुल्क प्राप्त हुनेछ । यो सम्झौता बमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राप्mट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।
साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा रु. ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ, सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत बिनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago