काठमाण्डौ । भारतमा पेट्रोलको भाउमा लगातार गिरावट आइरहेकै बेला बेलायतमा पेट्रोलको भाउ ५ वर्षयताकै सबैभन्दा उचाइमा पुगेको छ । बेलायतमा १ लिटर पेट्रोलको १२८.७२पी (नेरु. १७२.१४) पुगेको छ। जब कि भारतमा प्रतिलिटर शुक्रबार भारु ७२.६९ रुपैयाँ (नेरु ११६.६३) पुगेको छ । नेपालमा पनि रु. १०९ रहेको छ ।
ब्रिटिस मिडियाको रिपोर्टअनुसार जुलाई २०१४ पछि बेलायतमा पेट्रोल भाउ यति उचाइमा पुगेको हो । बेलायतमा डिजेलको भाउ अझ महँगो छ । त्यहाँ डिजेल प्रतिलिटर १३१.६१पी (नेरु. १७६) रहेको छ ।
ब्रिटिस पेट्रोलियमका पेट्रोल सबैभन्दा महँगामा बिकिरहेको छ । बेलायतमा तेल मार्केटिङ कम्पनीको संख्या १० को हाराहारीमा छ । जसमा ब्रिटिस पेट्रोलियम सबैभन्दा ठूलो तेल मार्केटिङ कम्पनी हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । यसका बाबजुद पनि ब्रेन्ट क्रुडको भाउ ६५ डलर प्रतिब्यारलबाट घटेर ६० डलरमा झरेको छ । ब्रेन्ट क्रुडमा करिब ६ कलर प्रतिब्यारलको गिरावट आएको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago