 
                     
                                
                             
                                    काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा १ महिनामै १ अर्ब १८ करोड २० लाख रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ हजार ३८६ जना बीमितबाट १ अर्बभन्दा बढी रुपैयाँको पोलिसी सरेन्डर भएको हो। साउनमा जीवन बीमा कम्पनीहरुमा ९ हजार ७९८ जना बीमितले १ अर्ब २८ करोड ३३ लाख रुपैयाँबराबरको पोलिसी त्याग गरेका थिए।
साउनको तुलनामा भदौमा पोलिसी सरेन्डरको मात्रा ७.८९ प्रतिशतले मात्रै घटे पनि समग्रमा चालु आर्थिक वर्षको २ महिनामा २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँको पोलिसी सरेन्डर हुनु भनेको बीमा क्षेत्रका लागि उचित मानिँदैन।
बीमा क्षेत्रमा २ महिनामै करिब साढे २ अर्ब रुपैयाँको पोलिसी त्याग हुनु भनेको जीवन बीमा क्षेत्रमा नकारात्मक प्रभाव पर्न जान्छ। बीमा प्राधिकरणले बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेन्डरको मात्रा बढेको बताउँदै आइरहेको छ।
केही बीमा विज्ञहरुका अनुसार बीमा ऐनमा नै बीमा गरेको ३ वर्षपछि पोलिसी सरेन्डर गर्न पाउने व्यवस्था भएकोले सरेन्डरको मात्रा बढ्दै गइरहेको हो। बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय–आम्दानीलाई मध्यनजर गरेर आफूलाई सुहाउँदो बीमा पोलिसी खरिद गर्दा सरेन्डरको समस्या नआउने प्राधिकरणले जनाएको छ।
बीमितको आयस्रोतलाई मध्यनजर नगरी क्षमताभन्दा बढी रकमको बीमा गर्दा पोलिसी सरेन्डरको दर बढ्ने गरेको प्राधिकरणको भनाइ छ।
साउनको तुलनामा भदौमा अधिकांश कम्पनीमा सरेन्डर दर घटेको देखिएको छ। भदौमा सबैभन्दा बढी सरेन्डर हुने कम्पनीमा नेपाल लाइफ रहेको छ। कम्पनीका २५ हजार ४२ जना बीमितले ४० करोड ३९ लाख रुपैयाँको पोलिसी त्याग गरेका छन्।
त्यस्तै, एलआईसी नेपालका १८२३ जना बीमितबाट २७ करोड ५८ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ भने नेसनल लाइफको ६९९ जना बीमितबाट १० करोड ५९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ।
त्यस्तै, राष्ट्रिय बीमा संस्थानका ११ हजार ३४ जना बीमितले ९ करोड ८१ लाख, एसियन लाइफका ७५८ जना बीमितले ४ करोड ८४ लाख रुपैयाँको पोलिसी, सूर्यज्योति लाइफका ४११ जना बीमितले ७ करोड ३१ लाख रुपैयाँको पोलिसी, हिमालयन लाइफका ९५९ जना बीमितले ८ करोड ४३ लाख रुपैयाँको पोलिसी त्याग गरेका छन्।
मेट लाइफका ३९१ जना बीमितबाट ३ करोड ६९ लाख रुपैयाँ, आइएमई लाइफका ४१ जना बीमितबाट ४७ लाख रुपैयाँ, सन नेपाल लाइफका ४० जना बीमितले ४० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफका १४२ जना बीमितबाट ७२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफका १५९ जना बीमितले १ करोड २३ लाख, प्रभु महालक्ष्मी लाइफका ८४ जना बीमितले १ करोड १४ लाख रुपैयाँ र सिटिजन लाइफका २०३ जना बीमितले १ करोड ६३ ला रुपैयाँको पोलिसी त्याग गरेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19