काठमाण्डौ । पूर्णिमा विकास बैंकले करिब ६७ हजार कित्ता अबितरित सेयरमा भदौ १९ देखि बोलकबोलबाट बिक्री गर्ने भएको छ ।
यो बैंकले संस्थापक समूहतर्फको ४६ हजार २ सय ५८.०५ कित्ता र सर्वसाधारण समूहतर्फको २० हजार ६ सय ५३.७७ कित्ता अबितरित सेयर बिक्रीका लागि भदौ १९ देखि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलकबोलका लागि भदौ २६ गतेभित्र तोकिएको स्थानमा गोप्य बोलपत्र पेश गर्न सकिनेछ । सेयर लिलामीमा बिक्री प्रबन्धकको काम गर्ने अधिकारप्राप्त सिद्धार्थ क्यापिटल लिमीटेडका अनुसार पूर्णिमा विकास बैंक लिमीटेडले २०७४ असार १९ देखि साउन २२ गतेसम्म हकप्रदको बिक्री खुल्ला गरेको थियो । सोमध्ये बिक्री नभएको सेयर लिलामीबाट बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको हो ।
इच्छुक आवेदकले सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ र न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने बताइएको छ ।
परेका बोलपत्रहरु भदौ २८ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटलको नक्सालस्थित मुख्य कार्यालयमा खोलिनेछ । इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको मुख्य कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यो बैंकको पछिल्लो बिक्री मूल्य प्रति कित्ता ३ सय १ रुपैयाँ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19