mega bank limited
काठमाण्डौ । मेगा बैंक लिमीटेडले आगामी भदौ २७ गतेदेखि हाल कायम चुक्तापूँजीको १० बराबर ६.५(६५ प्रतिशत)को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।
हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार १९.२८ रुपैयाँ रहेको छ ।
यो बैंकले शुक्रबार हकप्रद सेयर निश्कासन सम्बन्धी सूचना जारी गर्दै भदौ २७ गतेदेखि बिक्री खुल्ला हुने हकप्रदमा सेयरधनीले असोज ३० गतेभित्र आवेदन दिनुपर्ने जनाएको हो ।
यो बैंकले १ सय रुपैयाँ अंकित दरको कुल २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।
मेगा बैंक लिमीटेडको २०७३ चैत ३ गते सम्पन्न छैठौ वार्षिक साधारणसभाबाट ६५ प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडसँग मेगाले एकआपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भएपछि मेगा बैंकको सेयर कारोबार २०७३ माघ ९ गतेदेखि रोक्का रहेको छ ।
यो बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धको रुपमा नवील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडले काम गर्नेछ । मेगा बैंकको सेयरधनीले बिक्री प्रबन्धकको काठमाण्डौ, नक्सालस्थित मुख्य कार्यालय तथा मेगा बैंक लिमीटेडका सबै शाखा कार्यालयहरुबाट आवेदन दिनसक्नेछन् ।
यो बैंकको अधिकृत पूँजी १० अर्ब र जारी पूँजी ७ अर्ब ५६ करोड रहेको छ ।
हकप्रद निश्कासनपछि यो बैंकको चुक्तापूँजी ७ अर्ब ५६ करोड ८ लाख १६ हजारको उचाईमा पुुग्नेछ । यो बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लगानीकर्तालाई बोनस दिएर सहजै ८ अर्ब चुक्तापूँजी पुर्याउनेछ । साथै, टुरिजम डेभलपमेन्ट बैंकलाई समेत प्राप्तिपछि यो बैंकको चुक्तापूँजी साढे ९ अर्बको हाराहारीमा पुुग्ने बताइएको छ । टुरिजमलाई गाभेपछि यो बैंक चुक्तापूँजीको हिसाबले निजी क्षेत्रको टप बैंकको सूचिमा पर्नेछ ।
यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा ७९ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । २०७२/७३ मा ५५ करोड १० लाखमा सीमित नाफालाई यो बैंकले उचाईमा पुर्याएको हो । यो बैंकको जगेडाकोष पनि १ अर्ब २८ करोडको रहेको छ । अघिल्लो वर्ष ४० करोड ५१ लखमा सीमित जगेडाकोषलाई यो बैंकले निकै बलियो बनाएको हो । यो बैंकको पछिल्लो प्रगति निकै उत्साहप्रद रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago