काठमाण्डौ । जनरल फाइनान्स लिमीटेडले आगामी भदौ २७ गतेदेखि १ बराबर १.२५ अनुपातमा हकप्रद निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको कुल १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रदको बिक्री खुल्ला गर्न लागेको हो ।
भदौ २७ गतेदेखि खुल्ने हकप्रदमा जनरल फाइनान्सको सेयरधनीले असोज ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
हाल यो कम्पनीको चुक्तापूँजी १३ करोड २२ लाख रहेको छ । हकप्रद सेयर निश्कासनपछि चुक्तापूँजी २९ करोड ७५ लाखको उचाईमा पुुग्नेछ । कम्पनीको अधिकृत पूँजी ३० करोड र जारी पूँजी २९ करोड ७५ लाख रहेको छ । कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व संरचना ६०ः४० को अनुपातमा छ ।
यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ ।
इच्छुक सेयरधनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडको काठमाण्डौको जमलस्थित राष्टिय नाचघर, जनरल फाइनान्सको चावहिलस्थित केन्द्रीय कार्यालय र पाको न्यूरोडमा अवस्थित शाखा कार्यालय, ग्लोबल आइएमई बैंकका शाखा कार्यालहरु : वीरगञ्ज(आदर्शनगर), चितवन(नारायणघाट), पोखरा(पृथ्वीचौक), बाग्लुङ, नेपालगञ्ज(त्रिभुुवनचौक), बुटवल(वीपी चौक)बाट समेत आवेदन दिन सक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago