काठमाण्डौ । भारतले लकडाउनलाई खुकुलो पार्दै आगामी मे २५ देखि आन्तरिक उडान सुचारु गर्ने भएको छ ।
त्यहाँका नागरिक उड्डयन मन्त्री हरदीप पुरीले एक ट्वीट गरी यो विषयमा जानकारी गराएका हुन् ।
लकडाउनका कारण भारतमा आन्तरिक तथा अन्तराष्टिय उडान समेत लामो समयदेखि ठप्प छ ।
हालै त्यहाँको सरकारले रेल सेवा सुचारु गरेको थियो भने अब घरेलु उडान सुरु गर्न लागेको हो ।
हरदीप पुरीका अनुसार मे २५ अर्थात आगामी सोमबारदेखि भारतमा घरेलु उडान सुरु हुनेछ ।
सरकारले सबै एयरपोर्ट तथा एयरलाइन्स कम्पनीहरुलाई उडान गर्ने व्यवस्थाका लागि आवश्यक सबै तयारी गर्न समेत निर्देशन दिएको छ।
भारतमा मार्च २५ देखि लकडाउन जारी छ । सोही बेलादेखि उडानमा प्रतिबन्ध लगाइएको हो ।
भारतमा लकडाउनको चौथो चरण मे ३१ सम्म जारी रहनेछ । सरकारको तर्फबाट क्रमशः विभिन्न क्षेत्रको लकडाउनलाई खुकुलो बनाउने काम भइरहेको छ ।
त्यहाँको रेल्वेले मंगलबार मात्रै २०० नन् एसी टेन संचालनको निर्णय गरेको थियो । यी रेलहरु जून १ देखि टाइम टेवलका आधारमा संचालन हुनेछन् ।
सरकारले हालै मात्र यस्तो सूचना जारी गरे पनि केही एयरलाइन्सले भने १ जूनबाट हवाई टिकटको बुकिंग सुरु गर्ने घोषणा गरिसकेका थिए ।
भारतमा प्रत्येक दिन ६५०० वटा घरेलु उडानहरु हुन्छन् । त्यहाँका १४४.१७ मिलियन यात्री प्रत्येक वर्ष आन्तरिक हवाई यात्रा गर्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago