काठमाण्डौ । भारतका १० वटा सरकारी बैंकको मर्जर प्रक्रियाले स्वीकृति पाएका छन्।
भारतीय रिजर्भ बैंक (आरबीआई) ले शनिबार अप्रिलबाट एकीकृत कारोबार गर्ने गरी १० वटा सरकारी बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको हो। यो स्वीकृतिसँगै अब ओरियन्टल बैंक अफ कमर्स र युनाइटेड बैंक अफ इन्डिया पञ्जाब नेसनल बैंकमा गाभिएर कारोबार सुरु गर्नेछन्।
त्यस्तै सिन्डिकेट बैंक केनरा बैंकमा विलय हुने भएको छ भने आन्ध्रा बैंक र करपोरेसन बैंक युनियन बैंक अफ इन्डिनमा गाभिने भएका छन्। इलाहाबाद बैंक भने इन्डियन बैंकमा विलय हुने पक्का भएको छ।
आरबीआईले मर्जर प्रक्रिया टुंगिएसँगै बन्ने ४ बैंकले आउँदो अप्रिलबाट एकीकृत कारोबार थाल्ने जनाएको छ। ओरिएन्टल र युनाइटेडलाई गाभेर पञ्जाब नेसनल बैंकले एकीकृत कारोबार सुरु गर्नेछ।
त्यस्तै आन्ध्रा र करपोरेसन बैंकलाई गाभेर युनियन बैंक अफ इन्डियाले एकीकृत कारोबार थाल्नेछ। इलाहाबाद बैंक शाखाहरु इन्डियन बैंकका शाखाका रुपमा काम गर्नेछ भने सिन्डिकेट बैंक केरना बैंकमा गाभिएर एकीकृत कारोबार गर्नेछ।
१० सरकारी बैंकको मर्जर प्रक्रिया टुंगेसँगै अब भारतमा ठूला सातवटा सरकारी बैंक हुनेछन्। अब यी बैंकबाट हरेक दिन भारु ८ लाख करोड रुपैयाँभन्दा बढी कारोबार हुनेछ।
यो प्रक्रिया टुंगेसँगै पञ्जाब नेसनल बैंक भारतको स्टेट बैंक (एसबीआई) पछि देशकै दोस्रो ठूलो बैंक बन्नेछ। यसको कारोबार भारु १७.९४ लाख करोड रुपैयाँ हुनेछ। एसबीआईको कारोबार अहिले भारु ५२ लाख करोड रुपैयाँ रहेको छ।
त्यस्तै बैंक अफ बडौदा तेस्रो ठूलो सरकारी बैंक हुनेछ। सन् २०१७ मा भारतमा २७ वटा सरकारी बैंक थिए। – एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago