काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या आठ हजारभन्दा धेरै पुुगिसकेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुुसार भारतमा कोरोना संक्रमितको संख्या ८३५६ पुुगेको छ । यिनीहरु मध्ये ७१५ जनाको सफलतापूर्वक उपचार भइसकेको छ । उपचारको क्रममा २७३ जनाको मृत्युु भएको छ । यसरी हेर्दा भारतमा अहिले ७३६७ जना एक्टीभ कोरोना संक्रमित रहेका छन् । 

कोरोना संक्रमणको आँकडाले यो संक्रमण र यसबाट बच्ने उपायहरुमा प्राप्त भएको सफलता र असफलताको जानकारी दिने काम गर्दछ । त्यस अनुुरुप यदि भारतमा रहेको ७ हजार संक्रमितको संख्यालाई आधार मानेर बाँकी विश्वसँग तुुलना गर्ने हो भने भारतका संक्रमितको मृत्युुदर चीन, अमेरिका र फ्रान्स भन्दा पनि धेरै छ । 

कोरोना संक्रमितको मृत्युुदरलाई हेर्ने  हो भने जर्मनी र दक्षिण कोरियाले धेरै नै सफलता हासिल गरेका छन् । यी देशहरुमा ७ हजार संक्रमित पुुगेका बेलाको मृत्युुदर भारतभन्दा कम रहेको छ । तर इटली, स्पेन, बेलायत, स्विडेन, नेदरल्याण्ड र ब्राजिलमा ७ हजार कोरोना संक्रमणमा मृत्युुदर भारतको भन्दा धेरै रहेको छ । ७ हजार कोरोना संक्रमणको आधारमा भारतभन्दा कम मृत्युु दर भएका देशहरु जर्मनी, दक्षिण कोरिया, चीन, फ्रान्स र अमेरिका हुुन् । 

भारतमा कोरोना संक्रमण ७ हजार पुुगेको बेला २४९ जनाको मृत्युु भएको थियो । जर्मनीमा ७ हजार संक्रमित हुुदा जम्मा १३ जनाको मृत्युु भएको थियो । त्यस्तै दक्षिण कोरियामा ५४ जना, अमेरिकामा १०० जना, चीनमा १७० जना, फ्रान्समा १७५ जना र इरानमा २३७ जनाको मृत्युु भएको थियो । 

विश्व स्वास्थ्य संगठनको आँकडाको विश्लेषण अनुुसार ७ हजार कोरोना संक्रमितमाथि २३ वटा देशको सूचिमा मृत्युुदरको मामिलामा भारत १० वटा यस्ता देशमा सामेल छ, जहाँ मृत्युुदर धेरै छ ।