काठमाण्डौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै बढ्ने संकेत दिएको भोलिपल्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत त्यहाँ जारी २१ दिने लकडाउन बढ्ने संकेत दिएका छन्।
प्रेस टस्ट अफ इण्डिया(पीटीआई)का अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बोलाएका सर्वदलीय बैठकमा यसको संकेत गरेका हुन्।
यसअघि भारतमा मार्च २५ देखि अप्रील १४ सम्मका लागि २१ दिने लकडाउन लगाइएको थियो । आज त्यहाँ जारी लकडाउनको १५ औं दिन हो ।
लकडाउनको १५ दिन बितिसक्दा समेत भारतमा कोरोना संक्रमितको संख्या घट्न सकेको छैन । बरु उल्टै दिनप्रतिदिन यो संख्या बढ्न थालेको भन्दै भारतका राज्य सरकारका मुख्यमन्त्रीहरुले जारी लकडाउन बढाउनुपर्ने सुझाव संघीय सरकारलाई दिएका छन् । यही आधारमा समेत मोदीले लकडाउन बढ्नसक्ने संकेत गरेका समाचारमा उल्लेख छ ।
छलफलमा प्रधानमन्त्री मोदीले राज्य, जिल्ला प्रशासन तथा विज्ञहरुले समेत लकडाउन बढाउन सुझाव दिइरहेका बताएका थिए । मोदीले कोरोना भाइरसविरुद्धको लडाई निकै लामो रहेको उल्लेख गर्दै नागरिकहरुको जीवन बचाउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
मोदील हाल भारतको अवस्था सामाजिक आपतकाल बराबरको हो । यसका लागि कडा निर्णयहरुको आवश्यकता पर्नेछ । उनले ११ अप्रीलमा फेरि सबै राज्यका मुख्यमन्त्रीसँग आफूले कुरा गर्ने र त्यसपछि लकडाउन कति दिनसम्म बढाउने भन्ने निर्णयमा पुग्ने संकेत गरेको पीटीआईको समाचारमा उल्लेख छ ।
सर्वदलीय बैठकमा सहभागी दलमध्ये ८० प्रतिशत भन्दा बढीका प्रतिनिधिले लकडाउन बढाउनुको विकल्प नरहेको सुझाव दिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago