काठमाण्डौ । संसारकै सबैभन्दा ठूलो सञ्जाल भएको भारतीय रेल सेवा कोरोना संक्रमणको कारण बन्द हुुने भएको छ । 

भारतीय रेल वेले २२ मार्चको मध्य रातिदेखि ३१ मार्चसम्म लागू हुुने गरी भारतमा चल्ने सबै रेल बन्द गर्ने निर्णय गरेको छ । यसबिचमा मालवाहक रेल मात्रै सञ्चालन हुुने भारतीय रेल सेवाले जनाएको छ । 

यसअघि नै रेल वेले अधिकांश सेवा बन्द गर्ने निर्णय गरिसकेको थियो । भारतीय रेल मन्त्रालयले अधिकारीहरुलाई यसको जानकारी जनतालाई विद्युुतिय र प्रिन्ट मिडियालाई प्रदान गर्न निर्देशन दिएको छ । 

यसका साथै यससँग सम्बन्धित जानकारी एसएमएस मार्फत पनि प्रदान गर्न आदेश दिइएको छ । मन्त्रालयले अतिआवश्यकीय वस्तुुको ढुुवानी र आपूर्तिका लागि भने मालवाहक रेल सुुचारु राख्न जनाएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बिहान ७ बजेबाट राति ९ बजे सम्म जनता कर्फयुु लगाउन आह्वान गरेका थिए ।