काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले बिना कुनै अतिरिक्त शुल्क नेपालमा रहेका आफन्त तथा प्रियजनलाई पैसा पठाउनसक्ने व्यवस्था गरेको छ । 

चाडबाडको समयलाई लक्षित गरीअसोज १२ गते देखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।