काठमाण्डौ । सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच रकम आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका चिफबिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल.श्री रमनले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै भारतमा कार्यरत तथा त्यहाँबसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने बैंकले जनाएको छ । भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुईहजार शाखामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अब यी शाखाहरुमार्पmत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago