काठमाण्डौ । भारतको केन्द्र सरकारले लकडाउनलाई पुनः २ साता बढाएको छ । 

भारतीय मिडियाहरुका अनुसार मे १७ (आज)सम्म जारी भारतको लकडाउन लम्ब्याएर मे ३१ सम्म पुर्याइएको हो । 

भारतमा लामो समयदेखि जारी लकडाउनकै बीच संक्रमितको संख्या दैनिक बढिरहेको छ । 

आज मात्रै त्यहाँ दैनिक संक्रमित संख्या सबैभन्दा बढी ५ हजार पुगिसकेको छ । 

भारतमा हालसम्म २९०० संक्रमितको मृत्यु भइसकेको छ भने कुल ९२ हजार हाराहारीमा संक्रमित फेला परिसकेका छन् । 

नेपालमा समेत लकडाउन बढाउने गरी मन्त्रीपरिषद बैठक आजै बस्दैछ । स्रोतहरुका अनुसार नेपालले पनि २ साता लकडाउन लम्ब्याउने निर्णय गर्नसक्छ । नेपालमा हालसम्म कोरोनाबाट २ जनाको ज्यान गइसकेको छ भने २९१ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।