नयाँदिल्ली । छिमेकी मुलुक भारत आर्थिक वर्ष २०१९–२० को बजेट आज शुक्रबार लोकसभामा प्रस्तुत हुँदैछ ।
अचम्मको कुरा त के थियो भने– बजेट प्रस्तुत गर्न पुगेकी भारतीय वित्तमन्त्री निर्मला सीतारमणको हातमा बजेट दस्तावेज राखिएको ब्रिफकेस थिएन । उनले वर्षौंदेखि चल्दै आएको पारिपाटीलाई बदलेर यसपालि बजेट दस्तावेज ब्रिफकेसमा नभई एउटा रातो रङको कपडाको ब्यागमा राखेर संसद् भवन पसिन् ।
बजेट प्रस्तुत गर्नुअघि वित्त मन्त्रालयका अधिकारीहरुसँगको भेटमा पनि मन्त्री सीतारमणले आफ्नो हातमा चमकदार रातो कपडाको ब्याग बोकेकी थिइन् । जसमा बजेट दस्तावेज राखिएको थियो । उनले विगतका वित्तमन्त्रीहरुको परम्परा तोड्दै यसपालि बजेट दस्तावेज ब्रिफकेसमा नभई रातो रङको कपडाको ब्याग प्रयोग गरेकी हुन् ।
यसबारे मुख्य आर्थिक सल्लाहकार कृष्णमूर्ति सुब्रमन्यम भन्छन्, ‘यो दस्तावेज बजेटमात्र होइन कि यो एउटा बही खाता हो।’
रातो रङको कपडाको ब्याग सुनौलो रङको रिबनले बाँधिएको थियो । त्यसमा सुनौलो रङको अशोकको चिह्न पनि अंकित छ । यसले बजेट दस्तावेजमा भारतीय परम्परा स्पष्ट देखाएको छ ।
यी कुराबाट अनुमान गर्न सकिन्छ कि यसपालि भारतीय बजेटलाई एउटा नयाँ आर्थिक दृष्टिकोण समावेश गरिएको छ ।
यसअघिको वित्त राज्यमन्त्री अनुराग ठाकुरले वित्त मन्त्रालय आउनुभन्दा पहिला मन्दिरमा गएर हनुमानजीको आशिर्वाद लिएका थिए ।
वित्तमन्त्री निर्मला सीतारमण आफ्ना राज्यमन्त्री ठाकुर, वित्त सचिव एसएस गर्ग, मुख्य आर्थिक सल्लाहक कृष्णमूर्ति सुब्रमण्यम र अन्य अधिकारीहरुका साथ वित्त मन्त्रालयमा भेटघाट गरेकी थिइन् । त्यसपछि बिहान ११ बजेदेखि लोकसभामा वित्तमन्त्री सीतारमणले बजेट प्रस्तुत गर्दै छिन् । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19