काठमाण्डौ । भारतमा थप २० वटा नयाँ बीमा कम्पनी अनुमतिको पखाईमा छन् । 

यसले जनतालाई बीमा गराउने धेरै विकल्प मात्रै दिने छैन, बीमा उद्योग पनि विस्तार हुने बताइएको छ ।
जीवन बीमा कम्पनीहरूका लागि सन् २०११ पछि यो पहिलो नयाँ स्वीकृति हुनेछ, जबकि सामान्य बीमाका लागि यसअघि २०१७ मा स्वीकृति दिइएको थियो।
२० बीमा कम्पनीहरूबाट आवेदनहरू प्राप्त भएको र यसका लागि थप अनुसन्धान अन्तिम चरणमा पुगेको बीमा नियामक आईआरडीएआईले बताएको छ ।

 

बीमा नियामक आईआरडीएआईका अध्यक्ष देवाशिष पाण्डाले हालै आयोजित एउटा कार्यक्रममा २० वटा आवेदन स्वीृकत गर्नका लागि आवश्यक कागजी कार्य पूरा गर्न इच्छुक कम्पनीहरूसँग वार्ता भइरहेको बताए ।

नियामकका अनुसार भारतीय बीमा कम्पनीको रूपमा दर्ताको प्रमाण पत्रका लागि आवेदकले तीनवटा चरणहरू पार गर्नुपर्ने हुन्छ ।
 

गत वित्त वर्ष सन् २०२३ मा मात्रै बीमा नियामकले दुई जीवन बीमा कम्पनीहरू अको लाइफ इन्स्योरेन्स लिमिटेड र क्रेडिट एक्सेस लाइफ एन्ड इन्स्योरेन्स लिमिटेड र एक सामान्य बीमा कम्पनी  क्षेमा जनरल इन्स्योरेन्स लिमिटेडको आवेदन अनुमोदन गरेको थियो।

‘सबैका लागि बीमा’ योजनालाई प्रोत्साहन मिल्नेछ
अध्यक्ष  पाण्डाले सन् २०४७ सम्ममा ‘सबैका लागि बीमा’ हासिल गर्न ठोस योजना र मार्गचित्र बनाउनुपर्ने बताए । 

 

उनले भने, ‘बीमा अझै पनि धेरैजसो व्यक्तिको विशेषाधिकारको विषय बनेको छ, तर यस्तो हुनु हुँदैन।’ 

भारतमा बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीको संख्या २६ रहेको छ ।-एजेन्सी