काठमाण्डौ । भारतमा समेत खाना पकाउने ग्यासको मूल्य बढेको छ । भारत सरकारले अक्टोबर महिनाका लागि आन्तरिक बजारमा प्रयोग हुने ग्यासको मूल्य बढाएको हो । 

घरेलु प्राकृतिक ग्यासको मूल्य  $8.60/MMBTU बाट $9.20/MMBTU पुगेको छ । 

तर एपीएम ग्यासको सिलिंग मूल्य $६.५/MMBTU कायम रहनेछ । 

नयाँ दर अक्टोबर १ देखि अक्टोबर ३० सम्म लागू हुनेछ । भारतको आन्तरिक बजारमा प्राकृतिक ग्याँसको मूल्य हरेक महिना तोक्ने गरिन्छ । 

मूल्यवृद्धिले स्टिल, पेटोकेमिकल, मल र उर्जा क्षेत्रलाई असर गर्नेछ । भारतले आफ्नो आवश्यकताको ५५ प्रतिशत प्राकृतिक ग्यास आयात गर्छ । अमेरिका, रुस, कतार, संयुक्त अरब इमिरेट्स भारतलाई तरल प्राकृतिक ग्याँस उपलब्ध गराउने ठूला आपूर्तिकर्ता हुन् । घरेलु एलएनजी ओएनजिसीबाट आउँछ । 

सर्वसाधारण प्रभावित
शहरी ग्यास वितरण कम्पनीहरूले कम्प्रेस्ड नेचुरल ग्यास(सीएनजी) र पाइप्ड नेचुरल ग्यास (पीएनजी)को मूल्यवृद्धि गर्न सक्ने भएकाले यस वृद्धिले अन्ततः उपभोक्ताहरूलाई असर गर्ने छ । 

नयाँ सूत्र अनुसार अब भारतीय कच्चा बास्केटको मूल्यका आधारमा घरेलु प्राकृतिक ग्यासको मूल्य निर्धारण हुन्छ । यसअघि विश्वका चार ठूला ग्यास व्यापारिक केन्द्र हेनरी हब, अल्बानी, नेसनल ब्यालेन्सिङ प्वाइन्ट (युके) र रुसी ग्यासको मूल्यका आधारमा घरेलु प्राकृतिक ग्यासको मूल्य निर्धारण हुन्थ्यो । 
-एजेन्सी