Symbolic Photo
नयाँदिल्ली । दक्षिण कोरियाको प्रमुख अटो कम्पनी किआ मोटर्सले भारतमा हुन्डई मोटर्ससँग मिलेर सस्तो इलेक्ट्रिक गाडी ल्याउने विचार अगाडि सारेको छ ।
कम्पनीका अनुसार भारत सरकारद्वारा प्रायोजित फेम–२ कार्यक्रममार्फत इलेक्ट्रिक गाडीको प्रयोगलाई बढावा दिन उसको मनसाय छ ।
हुन्डई मोटर ग्रुपकी कम्पनी किया मोटर्स कर्पोरेसनका प्रेसिडेन्ट तथा सीईओ हान वु पार्कले पीटीआईसँगको कुराकानीमा आउँदो दुई वर्षभित्र भारतमा चार नयाँ मोडलका गाडी लन्च गर्ने योजना रहेको बताए। यसमा कम्पनीबाट आउन लागेको एसयूबी सेल्टास पनि समावेश छ ।
त्यसो त सस्तो इलेक्ट्रिक गाडी बनाउनेका लागि छुट्टै प्रोजेक्ट सुरु हुने पार्कले बताए। उनले यसका लागि काम सुरु भइसकेको जानकारी गराए । उनले भारतीय बजारका लागि हुन्डइसँग मिलेर इलेक्ट्रिक गाडी विकसित गर्ने विषयमा पनि विचार भइरहेको बताए।
किआ मोटर्सले अटो एक्सपो २०१८ मा भारतमा धेरै प्रकारका गाडी ल्याउने योजना रहेको घोषणा गरेको थियो । यसका साथै कम्पनीले २०१९ देखि २०२१ को बीचमा भारतम एक्सक्युसिभ कम्प्याक्ट इलेक्ट्रिक गाडी ल्याउने पनि घोषणा गरेको थियो ।
पार्कले अहिले किया मोटर्स पूरा दुनियाँमा हाइब्रिड, प्लग इन हाइब्रिड, इलेक्ट्रिक र इन्धनबाट चल्ने गाडी बिक्री गरिरहेका बताए।
पार्कले भारतमा इलेक्ट्रिक गाडी ल्याउने तयारी भइरहे पनि यो लागि इन्फ्रास्ट्रक्चर र भारत सरकारको पोलिसीमा निर्भर हुने बताएका छन् । जब भारतीय बजामा अवसर हुन्छ तब कुनै पनि समयमा भारतमा इलेक्ट्रिक गाडी ल्याउने पार्कले बताएका छन् ।
उता हुन्डई मोटर्सले आगामी महिना आफ्नै इलेक्ट्रिक एसयूबी कोना गाडी लन्च गर्ने तयारी गरिरहेको छ । पार्कका अनुसार अहिलेको स्थितिमा इलेक्ट्रिक गाडीको मूल्य नै बढी हुन्छ । विशेषगरी भारतमा यस्ता गाडीको मूल्य बढी हुन्छ र सरकारी मद्दत विना इलेक्ट्रिक गाडी बेच्न निकै चुनौतीपूर्ण हुन सक्ने पार्कको तर्क छ ।
पार्कका अनुसार भारत सरकारले अघिल्लो वर्ष दुईपांग्रे र तीनपांग्रे इलेक्ट्रिक गाडीलाई बढावा दिन फेम २ योजना लन्च गरेको थियो । यो योजनामा चारपांग्रे गाडी समावेश थिएन । - एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19